भारतीय महिला संघकी अध्यक्ष नम्रिता पुरीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई पशुपति मन्दिर परिसरमा गत मंसिर ११ गते उच्च–गुणस्तरका लिथियम आयन ब्याट्रीजडित आठ सिट क्षमताका २ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गरेकी छन् । सो अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिँह पुरी समेत उपस्थित थिए ।

वातावरण मैत्री एका सवारी साधनको उत्पादन भारतीय कम्पनी गयाम मोटर वकर््सले गरेको हो ।


ADVERTISEMENT


# # #


पुरीले पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने तीर्थयात्री र विशेष गरी महिला, बालबालिका, वृद्ध वृद्धा तथा अशक्त व्यक्तिहरुका लागि वातावरण मैत्री सवारीसाधन उपयोगी हुने बताएकि छन् ।

सवारीसाधनले दुई महिलाको लागि रोजगारीको अवसर पनि प्रदान गर्ने जनाईएको छ । भारत र नेपालका जनताबीच रहेको साँस्कृतिक तथा धार्मिक सम्बन्धलाई सुदृढ गर्नुका साथै दुई देशका जनतालाई अझ नजिक ल्याउन विद्युतीय सवारीसाधनको हस्तान्तरण अर्को कोषेढुङ्गाको रुपमा रहने नेपाल स्थित भारतीय दूतावासले जनाएको छ ।

भारतीय राजदूतावासको संरक्षकत्वमा रहेको भारतीय महिला संघ भारतीय महिलाहरुको एक सङ्गठन हो जसले नेपालमा रहेका भारतीय महिलाहरुलाई एउटै मञ्चमा ल्याउने काम गर्दछ । संघले भारतीय र नेपाली महिलाबीच अन्तरक्रियाका लागि मञ्च प्रदान गर्नुका साथै भारतीय तथा नेपाली समुदायबीच सद्भाव र मित्रतालाई प्रवर्धन गर्ने काम गर्दछ । भारतीय महिला संघले नेपालमा महिला तथा बालबालिकालाई लक्षित गरी विभिन्न परोपकारी क्रियाकलापहरु पनि गर्दै आएको छ । हालै यस संघले काठमाडौंको नव ईन्द्र धनुष अंग्रेजी आवासीय विद्यालय, कोसेली फाउन्डेसन, बाल सारथी, नेपाली स्नेही काख र भक्तपुर क्यान्सर अस्पतालसँग मिलेर परोपकारी कार्यक्रमहरु सञ्चालन गरेको छ ।

युनेस्कोको विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ मन्दिर तथा यस सँगैका क्षेत्रको संरक्षण तथा संचालनका लागि पशुपति क्षेत्र विकास कोषको स्थापना गरिएको हो ।

प्रतिकृया

प्रतिकृया