काठमाडौँ – एनआईसी एशिया बैंकले कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. २ स्थित कृष्णनगरमा विस्तारित काउण्टर सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैंकले सञ्चालनमा ल्याएको उक्त विस्तारित काउण्टरको बुधबार कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त विस्तारित काउण्टर सञ्चालनमा आएसँगै कृष्णनगर क्षेत्रका ग्राहकलाई बैकिङ्ग सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकले मुलुकभर ३१० शाखा कार्यालयहरु, ३९८ एटिएम, ९३ वटा एक्सटेन्सन काउण्टर एवं ४३ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।