डोटी – शिखर नगरपालिकाकी एक महिलाको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगरपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले दोषारोपण गरेको हो ।


ADVERTISEMENT


उनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाइ शालिग्राम भट्टले आरोप लगाए । हत्यामा उनका श्रीमान् मीनराज शर्माकै संग्लनता रहेको भट्टको जिकिर छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीपसिंह देउवाले घटनाबारे जिल्ला प्रहरी कार्यालयमा कुनै उजुरी तथा जानकारी नआएको बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘घटनाबारे कुनै जानकारी र उजुरी आएको छैन, उजुरी आएपछि प्रहरीले आफ्नो काम थाल्ने छ ।’ शरीरमा आगो लागेपछि मङ्सिर ७ गते गम्भीर घाइते भएकी भावनालाई उपचारका लागि डोटीकै सुजङ अस्पतालमा पु¥याइएको थियो । उक्त अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई सेती पहिले प्रादेशिक अस्पताल कैलाली र पछि भारतको बरेली लगिएको थियो ।

बरेली अस्पतालले उनको स्वास्थ्यावस्थामा सुधार भएको भन्दै घर पठाए पनि घरमा ल्याउँदा उनको मृत्यु भएको थियो । भावना र शर्माबीच दुई वर्षअघि मात्रै विवाह भएको उनको घरपरिवारले जनाएको छ । रासस