‘ढुकढुकीमा तिमी छ्यौ’ बोलको गीत तथा भिडियो ल्याएर सांगीतिक क्षेत्रमा प्रबेश गरेका मेषबहादुर बस्नेतले आफ्नो दोश्रो कोशेली समेत श्रोता दर्शकहरुका लागि पस्किएका छन् । राष्ट्रिय भावनाले ओतप्रोत गीतको भिडियो समेत सार्बजनिक गरिएको छ । सो गीतको लेखन मेषबहादुर बस्नेतले गरेका हुन् ।


ADVERTISEMENT


उक्त गीतमा राकेश ओली, पूर्णिमा लामा, सुजित यादव, मुना खरेल, अपेक्षा चौधरीको स्वर रहेको छ । श्रुति ईन्टरटेनमेन्टले निर्माण गरेको गीतको भिडियोलाई राकेश ओली र मेष बस्नेतले निर्देशन गरेका हुन्।


ADVERTISEMENT

# # #


भिडियोलाई महेश महराले खिचेको भिडियोमा लक्ष्मण, राकेश, पूर्णिमा, सुजित, मुना, अपेक्षा, श्रुति, युईशा, लगायतको अभिनय रहेको छ भने नविन घर्तिमगरले सम्पादन गरेका छन् ।