काठमाडौँ – नेपालमा जारी १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ ।


ADVERTISEMENT


भुटान फाइनल पुगिसकेको छ । अंक तालिकाको दोस्रो स्थानमा रहेको नेपाल र तेस्रो स्थानमा रहेको बंगलादेशको विजेताले फाइनलमा स्थान बनाउने छ । यदि खेल बराबरी भएको अवस्थामा नेपाल पाmइनल पुग्नेछ । शनिबार लिग चरणको आफ्नो अन्तिम खेलमा भुटानले श्रीलंकामाथि ३-० को जित निकालेको थियो । सागको ३५ वर्षे इतिहासमा पहिलो पटक फाइनलमा पुगेको छ ।


ADVERTISEMENT

# # #


दोस्रो स्थानमा रहेको नेपालको तीन खेलबाट सात अंक पुगेको छ। तेस्रो स्थानमा रहेको बंगलादेशको चार अंक छ। दुई दुई अंक बनाएका माल्दिभ्स र श्रीलंका बाहिरिएका छन्। आइतबार हुने नेपाल र बंगलादेश बीचको खेलले फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ।

तीन खेलमा दुई जित र एक बराबरी गरेको नेपालले फाइनल पुग्नका लागि आज बंगलादेशविरुद्ध जित वा कम्तीमा बराबरी गर्नुपर्ने छ ।  साबिक विजेता नेपाललाई फाइनल पुग्नका लागि दबाब रहेको छ ।