काठमाडौं – गौरिका सिंहले तेह्रौं दक्षिण एसियाली खेलकुद सागको पौडी विधामा तेस्रो स्वर्ण जितेकी छन् । उनले पौडीको चारसय मिटर फ्रि स्टाइलमा भारतीय पौडीवाजलाई पराजित गरेकी हुन् ।


ADVERTISEMENT


सातदोबाटोमा सम्पन्न महिला पौडीतर्फको चारसय मिटर फ्रि स्टाइलको दूरी गौरिकाले चार मिनेट २५ दशमलब २० सेकेण्डमा पुरा गरिन् । उनले भारतीय पौडीवाज शिवांगी शर्मालाई पराजित गरिन् । शिवांगीले उक्त दूरी चार मिनेट २६ दशमलव २२ सेकेण्डमा पुरा गरिन् । उनले रजत पदकमा चित्त बुझाइन् ।


ADVERTISEMENT

# # #


श्रीलङ्काकी रमुदी सहाराले कास्य पदक जितिन् । सहाराले चार मिनेट ४९ दशमलब १० सेकेण्डमा चारसय मिटर दूरी पौडिइन् ।
गौरिकाले स्वर्ण दिलाएसँगै नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा ४४ स्वर्ण जितेको छ । शनिबारसम्म ४३ स्वर्ण जितेको नेपाललाई आइतबार गौरिकाले पहिलो स्वर्ण दिलाइन् ।

जुडोमा देवीकालाई स्वर्ण

तेह्रौं दक्षिण एसियाली खेलकुदको जुडो स्पर्धामा देविका खड्काले स्वर्ण पदक जितेकी छन् । देविकाको स्वर्णसँगै नेपालले सागमा स्वर्ण संख्या ४५ पुर्याएको छ । देविकाले ५२ किलो तौल समूहमा श्रीलङ्काली र भारतीय खेलाडीलाई हराएर स्वर्ण पदक जितिन् ।