काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा उपनिर्वाचनका समिक्षा लगायत स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबारे छलफल हुने बताइएको छ ।


ADVERTISEMENT


सचिवालयमा प्रस्तुत हुने एजेण्डाको बारेमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो अर्का अध्यक्ष केपी शर्मा ओली, सचिवालय सदस्य माधवकुमार नेपाल, महासचिव इश्वर पोखरेल लगायतका नेताहरुसँग छलफल गरेका थिए ।


ADVERTISEMENT

# # #


उपनिर्वाचन भएको प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका समिक्षात्मक प्रतिवेदन केन्द्रमा आइसकेको छ । सोही प्रतिवेदनमाथि आज छलफल हुने पार्टीका प्रवक्त नारायणकाजी श्रेष्ठले जानकारी दिए । मंसिर १८ गते बसेको सचिवालय बैठकले तल्ला कमिटीलाई उपनिर्वाचनको बारेमा प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।

लामो समयदेखि बस्न नसकेको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने विषयमा पनि छलफल हुनुको साथै पोलिटब्युरो तथा बाँकी रहेका सांगठनिक कामा बारेमा पनि छलफल हुने बताइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली सहभागी भएका छैनन् ।