काठमाडौँ – १४ औं दक्षिण एसियाली खेलकूद पाकिस्तानमा हुने भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सोमबार बसेको बैठकले १४ औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


बैठकले पाकिस्तान ओलम्पिक कमिटिले आगामी ६ महिनाभित्र दक्षिण एशियाली ओलम्कि कमिटिको बैठक बोलाउनु पर्ने र उक्त बैठकले १४ औँ सागको मिति तय गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


बैठकले दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय नेपालमा राख्ने निर्णय पनि गरेको छ । बैठकले १३ औँ सागलाई भव्यताका साथ सम्पन्नतासम्म पुर्याएकोमा नेपाल सरकार र सम्वद्ध निकायलाई धन्यवाद लिएको छ ।

१३ औं साग भने मंगलबार समापन गरिँदैछ ।