काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं ०१ स्थित लोकन्थलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


उक्त शाखाको मंगलबार एक कायक्रमकाबीच मध्यपुर थिमी नगरपालिका वडा नं ०१ का वडा अध्यक्ष सुरज खड्का तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन्।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा १०६ वटा शाखा तथा ५५ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।