काठमाडौँ – टेलिभिजन प्रस्तोता रवि लामिछानेले नयाँ रियालिटी शो को घोषणा गरेका छन् । काठमाडौंमा विहीबार आयोजित एक कार्यक्रममा रविले ‘द लिडर’ कार्यक्रमको घोषणा गरेका हुन् ।


ADVERTISEMENT


न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने यो कार्यक्रमको निर्णायकका रुपमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधान्यायाधीश सुशीला कार्की र रवीन्द्र मिश्र रहेका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै बाँकी दुई जना निर्णायकहरु दर्शकको अनुरोधको आधारमा नियुक्त गरिने छ । कार्यक्रमको प्रस्तोताको रुपमा रवि लामिछाने रहेका छन् । कार्यक्रमबाट एकजना ‘लिडर’ जन्माइनेछ ।

‘यसलाई टेलिभिजनबाट नेता जन्माउने कार्यक्रम भनेर छोटकरीमा बुझ्दा फरक पर्दैन ।’ कार्यक्रममा बोल्दै प्रस्तोता लामिछानेले भने, ‘हामी राष्ट्रलाई त्यस्तो राष्ट्रसेवक देखाइदिनेछौँ । जो आफै सेवक बनेर राजनीतिको मैदानमा आएपनि काबिल हुनेछ । नआएपनि मतदातालाई कम्तीमा नेता भनेको ‘लिडर’ कार्यक्रमबाट आएको व्यक्तिजस्तो हुनुपर्छ भन्ने बेन्चमार्क बनाइदिनेछ ।’

घोषणा कार्यक्रममा बताइए अनुसार देशका सातवटै प्रदेश र विदेशमा समेत पुगेर अडिसन मार्फत १०० जना प्रतियोगी छानिने छ । उनीहरुलाई विभिन्न किसिमका तालिम, छलफल र क्षमता निर्माणपपश्चात  प्रतिस्पर्धामार्फत एकजना विजेता छानिनेछ ।

विजेताले काठमाडौैँमा अर्पाटमेन्ट, एउटा गाडी र २० लाख रुपैयाँ पुरस्कार पाउनेछ ।