काठमाडौँ – प्रभु बैंकले सर्लाहीको बरहथवा नगरपालिका वडा नं. ०७ स्थित बरहथवामा शाखा विस्तार गरेको छ । बैँकले आफ्नो २०० औं शाखाको रुपमा बरहथवामा कारोबार सुभारम्भ गरेको हो ।


ADVERTISEMENT


बैंकको बरहथवा शाखा कार्यालयको शुक्रबार बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले उद्घाटन गरेका छन् । उद्घाटनपछि बोल्दै प्रमुख अतिथी महतोले प्रभु बैंकले बैँकिङ सेवा नपुगेका ठाउँहरुमा बैँकिङ सेवा उपलब्ध गराएकोमा प्रशंसा गरे ।


ADVERTISEMENT

# # #


बैंकको बरहथवा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने बैँकले जनाएको छ ।