काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।


ADVERTISEMENT


स्थायी कमिटी बैठकका लागि राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटीको बैठक, नेपाल भारत सीमा समस्या लगायतका विषयमा छलफल हुँदैछ । आज बिहान बसेको सचिवालय बैठकले उक्त विषयमा छलफल गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको सचिवालयको बैठकमा अर्का अध्यक्ष केपी शर्मा अ‍ोली पनि सहभागी भएका थिए । बैठकमा उनले आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिएका थिए ।

स्थायी कमिटीको बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन दुवैजना अध्यक्षको सल्लाहमा तयार भएको छ ।