काठमाडौं – वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिष्कारका बीच नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।


ADVERTISEMENT


पौडेल समूहलाई सहमतिमा ल्याउने दुई दिनको प्रयास विफल भएपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिलो सुरु भएको हो ।


ADVERTISEMENT

# # #


यसअघि शनिबार कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सहमति नजुटेमा पनि आइतबारको बैठक नसर्ने बताएका थिए ।

“सहमति भएन भने पनि बैठक बस्छ । संस्थापन पक्षले विवाद नभएक प्रस्तावहरू आइतबारको बैठकबाट पारित गर्छ,” उनको भनाइ थियो ।

संस्थापन पक्षले विवादित विषयमा फेरि पौडेल समूहसँग छलफल गर्ने मनस्थिति बनाएको छ ।