काठमाडौं । राष्ट्रिय युवासंघ नेपालका सह संयोजक रमेश पौडेलले पूर्व युवासंघका नेताहरुलाई पार्टीमा जिम्मेवारी दिनका लागि अनुरोध गरेका छन् । युवासंघ नेपाल र वाईसीयल एक हुँदा नसमेटिएका र जिम्मेवारी बिहिन बनेका १ सय २ नेताहरुको नामावली सहित पौडेलले आज नेकपा महासचिव बिष्णु पौडेललाई ज्ञापन पत्र  बुझाएका हुन् ।


ADVERTISEMENT


‘युवा संघ नेपाल र वाईसीयल नेपाल एकता प्रक्रियामा संख्या घटाई उमेर लगायतको मापदण्डका आधारमा व्यवस्थापन गर्नुपरेकोले लामो ईतिहास र सक्रिय भएका युवासंघका केन्द्रीय कमिटीका कमरेडहरुले विदा लिई एकता प्रक्रियालाई सहजिकरण गर्नुभएको छ’ ज्ञापन पत्रमा भनिएको छ ‘विदा लिनुभएका केही कमरेडहरु पार्टीको कुनै पनि जिम्मेवारीमा नहुनु भएको र उहाँहरुले कम्युनिष्ट पार्टी र युवा आन्दोलनमा समेत लामो समय देखि महत्वपूर्ण योगदान दिनु भएको हुँदा पार्टीमा आवश्यक जिम्मेवारीका लागि अनुरोध गर्दछौं ।’


ADVERTISEMENT

# # #


ज्ञापन पत्र र जिम्मेवारीका लागि अनुरोध गरिएका पूर्व युवासंघका नेताहरु :