काठमाडौँ – पोखरामा जारी दोस्रो संस्करणको पोखर प्रिमियर लिग(पाीपीएल) मा कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेपछि काठमाडौँ गोल्डेन्स वारियर्सले पहिलो जित हात पारेको छ । काठमाडौँले एक्सपर्ट धनगढीलाई १०६ रनको विशाल अन्तरले हराएको हो ।


ADVERTISEMENT


बुधबार पोखरा रंगशालामा शीतले काठमाडौँले टस हारेर पहिले ब्याटिङ गरेको थियो । कप्तान ज्ञानेन्द्र मल्लले आक्रामक शतकीय पारी खेलेपछि मैदान भिजेपछि १७ ओभरमा घटाइएको खेलमा काठमाडौँले १८५ रन बनायो । १८६ रनको विजयी लक्ष्य पच्छ्याउँदै मैदान छिरेको धनगढीको ब्याटिङ लज्जास्पद रह्यो । धनगढी १६ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७९ रनमा समेटियो ।


ADVERTISEMENT

# # #


धनगढीका लागि श्रीमन्थ विजयरत्नेले १५ तथा रोड्रिगो थोमसले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । धनगढीलाई सस्तैमा समेट्नेक्रममा वसन्त रेग्मीले उत्कृष्ट ब्याटिङ गरे । उनले ४ ओभरमा एक मेडेन फाल्दै मात्र १७ रन दिए । यस्तै सुबोध भाटी र पवन सर्राफले समान २ऽ२ तथा अमृत भट्टराई र सुसन भारीका नाममा समान १ १ विकेट रह्यो ।

यसअघि एक रन जोड्दा नै पहिलो विकेट गुमाएको काठमाडौँले दोस्रो विकेट ५१ रनमा गुमाएको थियो । तर, काठमाडौँलाई विशाल योगफलतर्फ डोर्याउन ज्ञानेन्द्र मल्ल र जयकिसन कोल्सावालाले उत्कृष्ट ब्याटिङ गरे । तेस्रो विकेटका लागि ज्ञानेन्द्र र कोल्सावालाले १३१ रनको साझेदारी गरे ।

ज्ञानेन्द्रले ३८ बलमै शतक पूरा गरे । प्रतियोगिताको पहिलो शतक बनाएका उनले ८ चौका र ९ छक्का प्रहार गरे । यस्तै कोल्सावालाले ३७ बलमा ४ चौका र २ छक्काको मदतमा ४६ रन जोडे । अमित श्रेष्ठले ३४ रन बनाए ।

धनगढीका लागि कमलसिंह ऐरीले ४ ओभरमा ३७ रन दिएर ४ विकेट चट्काए । यस्तै सागर ढकालका नाममा एक विकेट रह्यो ।