काठमाडौँ – भारतीय क्रिकेट टिमका उपकप्तान तथा ओपिनिङ ब्याट्सम्यान रोहित शर्माले अर्को विश्व कीर्तिमान कायम गरेका छन् । पहिछल्लो समय टेस्ट ओपिनिङमा समेत सफल हुँदै आएका बुधबार रोहितले वेष्ट इण्डिजविरुद्धको दोस्रो एकदिवसीयमा शतक बनाएका छन् ।


ADVERTISEMENT


यससंगै रोहित एकै वर्षमा ओपनरको रुपमा सर्वाधिक शतक हान्ने ब्याट्सम्यान भएका छन् । रोहितले बुधबार यसवर्षको १० औँ अन्तर्राष्ट्रिय शतक लगाएका हुन् । रोहित यो समाचार तयार पार्दासम्म वेष्टइण्डिजविरुद्ध १४० रनमा नटआउट खेलिरहेका छन् ।


ADVERTISEMENT

# # #


भारतले विशाखा पटनममा टस हारेर ब्याटिङ गरिरहेको छ ।