एजेन्सी – इशाई धर्मालम्बीहरुको महान चाड क्रिसमसका अवसरमा लेवनानमा एक लाख २९ हजारवटा प्लास्टिकका बोतलबाट ‘क्रिसमस ट्री’ बनाइएको छ । प्लास्टिक बोत्तल पुनःप्रयोग गरेर वातावरण संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यका साथ लेवनानको एक नगरपालिकाले २८.५ मिटर अग्लो ‘क्रिसमस ट्री’ बनाएको हो ।


ADVERTISEMENT


सोमबार बनाइएको उक्त ‘क्रिमस ट्री’ ले प्लास्टिकका बोत्तल प्रयोग गरेर विश्वकै सबैभन्दा अग्लो संरचनाको विधामा गिनिज वर्ल्ड रेर्कड प्राप्त गर्ने अपेक्षा गरिएको छ । यसअघि सन् २०१८ मा विश्वकीर्तिमान राखेको मेक्सिकोले २२ टन तौलको ‘क्रिसमस ट्री’ बनाउनका लागि ९८ हजार प्लास्टिक बोत्तल प्रयोग गरेको थियो ।


ADVERTISEMENT

# # #


१ लाख २९ हजार वटा पानीका बोत्तलबाट लेवनानमा बनेको ‘क्रिमस ट्री’  बनाउन २० दिन लागेको जनाइएको छ । उक्त संरचनाका लागि आवश्यक बोत्तल ६ महिना लगाएर सामाजिक सञ्जाल नेटवर्क र स्थानीयको सहयोगमा संकलन गरिएको थियो ।

यसअघि सन् २०१८ मा विश्वकीर्तिमान राखेको मेक्सिकोले २२ टन तौलको ‘क्रिसमस ट्री’ बनाउनका लागि ९८ हजार प्लास्टिक बोत्तल प्रयोग गरेको थियो ।

‘यो परियोजना सुरु गर्दा म एकदमै उत्साहित थिएँ । किनकी यसको उद्देश्य प्लास्टिक बोत्तलबाट संरचना बनाउँदै विश्वलाई वातावरण संरक्षणको सन्देश दिनु थियो’ परियोजना निर्माणमा नेतृत्व दिएकी क्लोराइन चब्तिनीले भनिन् । उनका अनुसार यो संरचना १५ दिनदेखि एक महिनासम्म त्यहीँ हुनेछ । त्यसपछि पुनःप्रयोगका लागि कम्पनीलाई दिइनेछ ।

गिनिज वर्ल्ड रेकर्डले मेक्सिकोको पूरानो रेकर्ड तोड्नका लागि आवश्यक प्रमाण दिन आग्रह गरेको क्लोराइनको भनाई छ ।

-सिन्ह्वा