काठमाडौँ – पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)मा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले लगातार दोस्रो जित हात पारेको छ । चितवनले बिहीबार बुटवल ब्लास्टर्सलाई ११९ रनको विशाल अन्तरले हराएको हो ।


ADVERTISEMENT


टस हारेर पहिलो पहिले ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०३ रन बनायो । २०४ रनको चुनौति पच्छ्याउँदै मैदान छिरेको बुटवल १८.४ ओभरमा सबै विकेट गुमाएर ८४ रनमै समेटियो । बुटवलका लागि सिभम् सिंहले सर्वाधिक ३३ रन बनाए । यस्तै भीम सार्कीले २१ रन बनाउँदा हरि चौहान १२ रनमा आउट भए । अन्यले दोहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


बुटवललाई सस्तैमा समेट्ने क्रममा करण केसीले शानदार बलिङ गरे । ३.४ ओभरमा ११ रन मात्र दिएका उनले बुटवलका ४ जना ब्याट्सम्यानलाई पेवेलियन फर्काए । यस्तै रोहन मुस्ताफाका नाममा २ विकेट रह्यो भने सन्नी पटेल, भुवन कार्की, विक्रम सोब र विक्रम भुषालले समान १–१ विकेट लिए ।

यसअघि कप्तान पारस खड्का र रोहान मुस्ताफाको अर्धशतकमा चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०३ रन बनायो । चितवनका लागि कप्तान पारस र रोहनले उत्कृष्ट पारी खेले । पहिलो विकेटका लागि ११७ रनको शानदार साझेदारी गरेपछि पारस व्यक्तिगत ६३ रन बनाएर आउट भए । त्यसक्रममा उनले ४० बलमा ६ चौका र २ छक्का प्रहार गरे । यस्तै रोहान मुस्ताफाले नटआउट ७० रनको योगदान दिए ।

उनले ५६ बलमा ७ चौका र २ छक्का प्रहार गरे । चौथो नम्बरमा आएका आरिफ शेखले निकै आक्रामक पारी खेलेर पोखरालाई उत्कृष्ट स्कोरसम्म पुर्याए । अभिनास बोहराको बलमा सोमपा कामीबाट क्याच आउट हुनुअघि उनले मात्र १९ बलमा ३ चौका र३ छक्काको मदतमा ४० रनको पारी खेले । बाबर हायात १ रनमा आउट हुँदा सन्नी पटेलले चार रन बनाए ।

बुटवलका लागि अफ्ताबुद्धिन अहमेदले २ तथा अभिनास बोहराले एक विकेट हात पारे ।