गाईघाट – उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ३ जरुवा माथि तामडाँडामा विहिवार बिहान बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्य भएको छ भने अन्य चारजना गम्भीर घाईते भएकाछन् ।


ADVERTISEMENT


दुर्घटनामा उदयपुरगढी गाउँपालिका वडा नं ३ गोठडाँडा घर भई हाल मोरङ पथरी सनिश्चरे नगरपालिका वडा नं ४ निवासी ६१ वर्षीय टीकानारायण श्रेष्ठ, उदयपुरगढी गाउँपालिका वडा नं ३ का ४७ वर्षीय ढकबहादुर मगर र ४७ वर्षीय मिननारायण श्रेष्ठको घटना स्थलमा तथा पथरी सनिश्चरे नगरपालिका वडा नं ४ कै ३५ वर्षीय टिकाराम श्रेष्ठको उपचारका क्रममा कटारी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बीरबहादुर बुढा मगरले बताए ।


ADVERTISEMENT

# # #


टीकाराम श्रेष्ठलाई उपचारको लागी कटारी अस्पतालमा पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए । गोठडाँडाबाट आफन्तलाई भेटघाट गरेर फर्किने क्रममा विहान करिव ९ वजेको समयमा सो दुर्घटना भएको हो । भारतको सिकिममा दर्ता भएको भारतीय नम्बर प्लेटको एस के ०१ पिबी ३०६८ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट दुईसय मिटर तल भिरमा खसेको प्रहरी उपरिक्षक वुडामगरले बताए ।

दुर्घटनामा उदयपुरगढी गाउँपालिका वडा नं ३ गोठडाँडा घर भई हाल मोरङ पथरी सनिश्चरे नगरपालिका ४ शान्तिचोकका ५५ वर्षीय लक्ष्मीप्रसाद राई, भारत दार्जिलिङका २८ वर्षीय पवन राई, सिकिम भारतका चालक ४५ वर्षीय भुपाल राई र पथरी सनिश्चरे नगरपालिका ४ का आशिष लिम्बु गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरिक्षक (डिएसपी) सागर केसीको नेतृत्वमा घटना स्थलमा प्रहरी टोली गएको तर घटनास्थल दुर्गम भेगमा भएकाले यस सम्बन्धी थप विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घाईते सबैको जिल्ला अस्पताल कटारीमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर पठाईएको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार घाईतेलाई उद्धार गरी अस्तलात लैजाने काम भएको तर मृतकको शव भने घटनास्थलमा रहेको छ ।