काठमाडौँ – हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’द्वारा निर्मित चलचित्र ‘सेन्टी भाइरस’को पहिलो गीत सार्वजनिक भएको छ । ‘फनफनी’ बोलको उक्त गीत बिहीबार रिलिज गरिएको हो ।


ADVERTISEMENT


गीतमा धुर्मुस, सुन्तली, दयाहाङ राई, अञ्जली अधिकारी, बुद्धि तामाङ, राजाराम पौडेल, विल्सन विक्रम राई लगायतका कलाकारलाई देख्न सकिन्छ । मेलिना राई र काली प्रसाद बाँस्कोटाको स्वर रहेको उक्त गीतमा शंकर थापा ‘स्माइल’को संगीत रहेको छ । गीतको रचना भने डीपी खनालले गरेका हुन् ।


ADVERTISEMENT

# # #


सुबिहानी फिल्मको प्रस्तुती रहेको ‘सेन्टी’ भाइरस फागुन ९ गते रिलिज हुँदैछ । डिन्ड् लामा ह्याल्मो निर्माता रहेका छन् भने फूर्पा ह्याल्मो सह–निर्माता रहेको फिल्मलाई कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् । रामबाबु गुरुङ निर्देशक रहेको फिल्मलाई शैलेन्द्र डी. कार्कीले खिचेका हुन् ।