– पर्शुराम बस्नेत, पूर्वउपाध्यक्ष, युवा संघ नेपाल


ADVERTISEMENT


युवा संघ नेपाल र वासीएल नेपाल दुवै संगठन एक भैसकेपछि समस्याको जडको रुपमा को देखिन्छ ?


ADVERTISEMENT

# # #


संगठन पूर्ण रुपमा तल्लो कमिटीसम्म एकता भैनसकेकोले संगठनले जारी गर्ने विज्ञप्ति वा प्रकाशनहरुमा संयोजक सह–संयोजक दुवैको हस्ताक्षर हुन जरुरी छ र केन्द्रिय कमिटिको म्यान्डेट पनि यही हो ।

हाम्रो पार्टीमा दुई अध्यक्ष हुनुहुन्छ, दुई जनाको हस्ताक्षर चल्छ। आजकाल कहिलेकाहीँ प्रधानमन्त्री अध्यक्ष कम्रेड केपी शर्मा ओली अनुपस्थित हुँदा वा सरकारको काममा व्यस्त हुँदा अध्यक्ष कमरेड प्रचण्डले हस्ताक्षर गर्ने दुवै अध्यक्षबिच सहमति भएको छ। त्यो दुवै अध्यक्षको सहमति हो।

अब राष्ट्रिय युवा संघमा पनि संयोजक वा सह–संयोजकको मात्र हस्ताक्षर चलाउने सहमती भएको हो भने ठीकै छ। नत्र समान अस्तित्व भएको संगठनबाट एकतामा संयोजक सह–संयोजक भएको हुँदा सर्कुलरहरुमा दुवैको हस्ताक्षर हुन आवश्यक छ।

एकता भेलामा प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कम्रेड केपी शर्मा ओलीले गर्नुभएको थियो । त्यसमा सबै जानकार छ्न् । त्यसलाई बङ्ग्याउनु किन ? अपमान गर्नु पर्ने किन ? ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भनेजस्तै कुनैपनि भेलाको दुईजना प्रमुख अतिथि हुन्छ ?

संगठनभित्र आन्तरिक रुपमा छलफल नगरिकन एकलौटी समाधान खोज्नु गैरराजनीतिक संस्कार हो । दुवै नेतृत्व लडेर होइन मिलेर, भएको गल्ती कमीकमजोरी सच्याउँदै एकता प्रक्रिया चाँडो तल्लो कमिटीसम्म सकाउन भुमिका खेल्नु जरुरी छ, त्यसैका लागि मेरो अनुरोध पनि छ ।

अबको अर्जुनदृष्टि महाधिवेशनलाई बनाउनै पर्छ । संगठनलाई चुस्त दुरुस्त र बलियो बनाउँदै राष्ट्रिय एजेन्डा तथा युवाका सवालहरुलाई मूर्त रुपमा उठाउनु नै पर्छ । दुई तीहाई बहुमत सहित सरकारको नेतृत्व गरिरहेको पार्टीको युवा संगठनले सोही मर्म भावना र उदेश्यलाई बुझ्ने ल्याकत राख्नुपर्छ । हजारौं युवा नेताहरुको भबिश्य जोडिएको संगठन सबै युवाहरुको आशाको केन्द्र बन्नुपर्छ । एक बनौं, एकताबद्ध नेतृत्व गरौं ।