काठमाडौँ – पूर्वसभामुख कृष्णबहादुर महरा थुनामै रहने भएका छन् । उच्च अदालत पाटनका न्यायधीशद्धय नहकुल सुवेदी र टेकबहादुर कुँवरको संयुक्त इजलासले महराको मुद्दामा सुनुवाई गर्दै जिल्ला अदालत काठमाडौँकामे आदेश सदर गरेको हो ।


ADVERTISEMENT


न्यायधीशद्धयको इजलासले महरालाई थुनामै राखेर सुनुवाई गर्नुपर्ने आदेश गरेको अदालतका रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए ।
तत्कालीन सभामसुख महरा बलात्कारको आरोपमा पक्राउ परेपछि थुनामै रहेका छन् ।


ADVERTISEMENT

# # #


काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको थुनछेक आदेश विरुद्ध उच्च अदालत पाटनमा मङ्सिर ५ गते निवेदन दर्ता गरिएको थियो

महरालाई संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदाताल काठमाडौंले कात्तिक १८ गते पूर्वक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।