काठमाडौं – दोस्रो संस्करणको मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय क्रिकेट पुस १५ देखि माघ ४ गते सम्म इनरुवामा हुने भएको छ । मनमोहन मेमोरियल क्रिकेट सेन्टर र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा हुने प्रतियोगितामा १२ टोलीको सहभागिता रहनेछ ।


ADVERTISEMENT


प्रतियोगितामा मलेसियाको राष्ट्रिय टोली मो समेत सहभागिता रहने भएको छ । सात प्रदेशका सात टोली, तीन विभागीय टोली आर्मी, एपीएफ र पुलिस क्लब तथा आयोजक मनमोहन मेमोरियल क्रिकेट टोलीले प्रतिस्पर्धा गर्नेछन् । विजेताले चार लाख, पाँच हजार र उपविजेताले दुईलाख लाख पाँच हजार रुपैयाँ पाउनेछन् ।


ADVERTISEMENT

# # #


सहभागी टोलीलाई चार समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइने छ । समूहका विजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । एक दिवसीय क्रिकेट खेलको विकासका लागि प्रतियोगिता फदायी बन्ने विश्वास आयोजको छ ।