काठमाडौँ – काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस १० गतेसम्मलाई स्थगित भएको छ ।


ADVERTISEMENT


वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु उनको निवास बोहोराटारबाट सानेपातिर नलागेपछि आजको बैठक पनि स्थगित भएको हो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शार्माले विवाद समाधानउन्मुख देखिएकाले आजको बैठक स्थगित गरिएका जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार आगामी बैठक पुस १० गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका नआएको भन्दै बैठक बहिष्कार गर्दै आएको थियो ।

कार्यतालिका ल्याउन सभापति शेरबहादुर देउवा सहमत भएपछि विभागदेखि भातृ संस्थामा आफूले माग गरेबमोजिमको स्थान नपाए बैठकमा अनुपस्थित रहने पौडल पक्षको अडानपछि आजको बैठक पनि स्थगित हुने पुगेको छ ।

विभाग गठन र तरुण दलमा सहमति नजिक पुगिएको भनिए पनि नेविसंघभित्रको शक्ति सन्तुलनले विवाद टुंगोमा पुग्न सकेको छैन ।