काठमाडौं – कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते सार्वजनिक विदा दिन माग गरेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय पदाधिकारी र कार्यसम्पादन समितिको बैठकले पुस २७ गने राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती भव्य रुपमा मनाउने निर्णय गर्दै सो माग गरेको हो ।


ADVERTISEMENT


बैठकले यो विषयमा प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र दिने र संसदमा पनि आवाज उठाउने निर्णय गरेको छ भने केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा भव्य रुपमा मनाउने भएको छ ।


ADVERTISEMENT

# # #


बैठकले हालै सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको समीक्षा,संगठन सुदृढिकरण लगायतका समीक्षा समेत गरेको छ ।