काठमाडौँ – प्रभु बैंकले कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं. ०१ स्थित तौलिहवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


आइतबार २०२ औं शाखाको रुपमा तौलिहवा शाखा कार्यालयको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले गरेका छन् । यो शाखा सहित प्रभु बैंकको कुलशाखा संख्या २०२, एक्सटेन्सन काउन्टर संख्या ३८, शाखा रहित सेवा केन्द्र १७ र एटीएम संख्या १५२ पुगेको छ ।


ADVERTISEMENT

# # #


उद्घाटनपछि बोल्दै मेयर सिंहले प्रभु बैंकले तौलिहवामा आफ्नो शाखा सञ्चालनमा ल्याई सर्वसाधारणलाई आफ्नै घर आँगनमा सरल, सहज र अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरी प्रशंसनीय कार्य गरेको बताए ।

बैंकको तौलिहवा शाखा कार्यालयबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले त्यहाँका ग्राहकले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैँकले विश्वास व्यक्त गरेको छ ।