काठमाडौँ – अभिनेता तथा निर्माता रोज राणा ‘खलनायक-२’ मा खलनायकको भूमिकामा देखिने भएका छन् । डेढ दशक अगाडिको सफल चलचित्र ‘खलनायक’का निर्माता रहेका उनी यसै फिल्मको सिक्क्वेलको तयारी गरिरहेका छन् ।


ADVERTISEMENT


केही चलचित्रको निर्देशनसमेत गरिसकेका राणाले ‘खलनायक २’ निर्देशनको जिम्मेवारी भने गोविन्दा सिंह भण्डारीले पाएका छन् । यसअघि भण्डारीले चलचित्र ‘रणवीर’ समेत निर्देशन गरिसकेका छन् ।


ADVERTISEMENT

# # #


यसअघि ‘खलनायक’मा राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट लगायतले अभिनय गरेको थिए । सिक्वेलमा भने उनीहरु नरहने अभिनेता राणा बताउँछन् । फिल्ममा राणा आफै खलनायकको भूमिकामा देखिँदैछन् । त्यसका लागि शारीरिक रुपमा तयारी समेत थालेको उनले बताए ।

फिल्म माघ दोस्रो हप्ताबाट छायांकनमा जाने बताइएको छ ।