काठमाडौँ – नेपाली महिला यू–१५ फुटबल टोलीले भुटानको महिला यू–१५ टोलीसंग दुईवटा मेत्री खेल खेल्ने भएको छ । मैत्री खेल डिसेम्बर २३ (सोमबार) र २५ (बुधबार) एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने अखिल नेपाल फुटबल महासंघ (एन्फा) ले जनाएको छ ।


ADVERTISEMENT


खेल दिउँसो २ बजेपछि सुरु हुनेछन् । मैत्रीपूर्ण खेलका लागि भुटानी टोली आइतबार नै नेपाल आइसकेको छ ।


ADVERTISEMENT

# # #


एन्फामा महासचिव इन्द्रमान तुलाधरले महिलाको टिम बलियो र दीगो बनाउनका लागि मैत्री खेल आयोजना गरिएको बताए । ‘हामी महिला खेलप्रति प्रतिवद्ध छौँ । महिला फुटबललाई बलियो र दीगो बनाउनका लागि पहिलो पटक यू १५ टोलीले मैत्री खेल खेल्दैछट’ उनले भने ।

नेपाली यू-१९ महिला टिमले बहराइनको राष्ट्रिय टिमसंग हालै तीन खेलको मैत्रीपूर्ण खेलेको थियो । ४–२ र ३–० गोलअन्तरले दुई जित हात पारेको नेपालले अन्तिम खेलमा १-१ को बराबरी गरेको थियो ।