काठमाडौँ – साविकको विजेता पोखरा पल्टन दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) क्रिकेट प्रतियोगिताको लिग चरणबाटै  बाहिरिएका छन् । सोमबार भएको खेलमा धनगढीविरुद्ध पोखरा पाँच विकेटले पराजित भएको हो ।


ADVERTISEMENT


पोखरा रंगशालामा टस जितेर पोखरा १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन मात्रै बनाउन सक्यो । जवाफी ब्याटिङमा उत्रिएको धनगढीले ९.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुर्यायो । चितवनका लागि दीपक पुनियाँले २५ रन बनाए । यस्तै रोड्रिगो थोमसले १५, कप्तान दीपेन्द्र ऐरीले १३ तथा सुभेन्दु पाण्डेले ११ रन जोडे ।


ADVERTISEMENT

# # #


पोखराका लागि पर्थमेस डाके र सर्वजित लद्दाले समान २-२ विकेट लिए भने ललित नारायण राजवंशीका नाममा १ विकेट रह्यो ।

यसअघि पोखराले दोस्रो ओभरको दोस्रो बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो । पोखराका कुशल भुर्तेल ६ रन बनाएर आउट भए । उनी कमल ऐरीको बलमा सागर ढकालको हातबाट क्याच आउट भए । तेस्रो ओभरका पोखराले लगातार दुई विकेट गुमायो ।

तेस्रो ओभरको तोस्रो बलमा कप्तान शरद भेषवाकर ४ रन बनाएर आउट भए । उनलाई दीपक पुनियाले बोल्ड आउट गराएका हुन् । यही ओभरको पाँचौ बलमा रविइन्दर सिंह आउट भए । उनलाई दीपकले नै क्याच आउट गराएका हुन् ।

पोखराका विनोद भण्डारी १२ रन बनाएर बोल्ड आउट भए । उनी ८ ओभरको पाँचौं बलमा अनिल खरेको हातबाट बोल्ड आउट भएका हुन् । ९ ओभरको दोस्रो बलमा कुशल मल्ल रन आउट भए । उनले २ रन जोडे ।

११ ओभरमा पोखराले लागातार दुई विकेट गुमायो । पोखराका कृष्ण कार्की १ रन बनाएर आउट भए । उनी सागर ढकालको बलमा दीपल पुनियाको हातबाट क्याच आउट भएका हुन् । सोही ओभरको अन्तिम बलमा रोहितकुमार पौडेल आउट भए । उनी सागको बलमा फ्रेडोस अन्सारीको हातबाट क्याच आउट भएका हुन् ।

१४ ओभरको पहिलो बलमा अनिल खरेलले प्रथामेस डाकेलाई बोल्ड आउट गराए । आजको खेलमा फराकिलो जित निकाल्दै दुवै टोली अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवित राख्‍ने योजनामा छ । आजको जितसंगै पाखरा बाहिरिएको छ भने धनगढीको भने सम्भावना कायमै छ ।