ओखलढुङ्गा – जिल्लाको खिजीचण्डेश्वरीमा निर्माण गरिएको नयाँ विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान भरिएको छ। पर्यटनमन्त्री योगेश भट्टराईसहित जिल्लाका नेताहरु सवार जहाज सोमबार बिहान साढे १० बजे विमानस्थलमा अवतरण गरेको हो।


ADVERTISEMENT


एयरपोर्टको १३ वर्ष अघिदेखि निर्माण थालिएको थियो । नियमित सञ्चालनमा आए ओखलढंगामात्र नभई रामेछाप र सोलुखुम्बुका जनता पनि लाभान्वित हुनेछन् । स्थानीयहरुले एयलपोर्टलाई कालाृपत्रे गर्न माग गरेका छन् । सफलतापूर्वक परिक्षण उडान गरेपछि मन्त्री भट्टराईले आवश्यक प्राविधिक तयारी गरी छिट्टै नियमित उडान व्यवस्था मिलाउने जनाएका छन् ।


ADVERTISEMENT

# # #


एयरपोर्टले भिजिट नेपालको अभियानलाई पनि सघाउ पुर्याउने विश्वास व्यक्त गरिएको छ ।