काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई ‘हेम बहादुर मल्ल सम्मान’ प्रदान गरिएको छ । सोमबार नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ्ग कपोरेशनको संयुक्त आयोजनामा उनीहरुलाई उक्त सम्मान प्रदान गरिएको हो ।


ADVERTISEMENT


२०७३ र २०७४ सालको उक्त सम्मानको राशी दुई लाख रहेको छ । २०५९ सालमा नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको आपसी समझदारीबाट हेमबहादुर मल्ल सम्मानको स्थापना गरिएको थियो ।


ADVERTISEMENT

# # #


कुलमानले नेपाललाई लोडसेडिङ अन्त्य गर्न र घाटामा रहेको नेपाल विद्युत् प्राधिकरणलाई नाफामा लैजान नेतृत्वदायी भूमिका खेलेको तथा डा. रुइतले नेत्र चिकित्सा क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै उक्त सम्मान दिइएको सम्मान प्रदान गर्न गठीत उच्चस्तरीय छनौंट समितिका संयोजक कृष्णहरि बास्कोटाले बताए ।

को हुन् हेम बहादुर मल्ल ?

सन् १९३८ जुलाई १७ का दिन निसिभुजी, बाग्लुङ्ग, ढोरपाटनमा जन्मिएका हेमबहादुर मल्लको २०५७ कार्तिक १२ गते निधन भयो । उनी २०२० सालमा साल्ट ट्रेडिङ्गमा प्रवेश गरेका थिए । उनले करिब २५ वर्ष साल्ट ट्रेडिङ्गको महाप्रबन्धक भएर सो संस्थालाई हाँके । त्यसपछि विभिन्न जिम्मेवारीमा रहेर साल्ट ट्रेडिङ्गलाई एउटा पहिचानयोग्य संस्थामा रुपान्तरित गर्न सफल भए ।

इमान्दार, परिश्रमी, कर्तव्यनिष्ट, शीष्ट, नरम एवं हकी स्वभावका धनी हेमबहादुर मल्ललाई ‘रोलमोडल’ प्रशासक/व्यवस्थापकका रुपमा लिईन्छ । उनको स्मरणमा बर्षेनी रु. २ लाख धनराशीको हेमबहादुर सम्मान प्रदान गर्ने गरी यस सम्मानको थालनी गरिएको हो ।