काठमाडौँ – नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग विदाई भेट गरेका छन् । स्वदेश फर्किनुअघि पुरीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसंग भेट गरेका हुन् ।


ADVERTISEMENT


तीन वर्षे कार्यकाल पूरा गरी राजदूत पुरी १५ पुसमा स्वदेश फिर्ता हुने भएका छन् ।  उनी २०७३ चैतमा नेपालका लागि भारतीय राजदूत बनेर काठमाडौँ आएका थिए ।


ADVERTISEMENT

# # #


विदाई भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले राजदूत पुरीलाई मायाको चिनोस्वरुप करुवा प्रदान गरेका थिए । राजदूत पुरीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेका थिए ।

यसअघि उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा लयागतसँग पनि बिदाइ भेट गरेका छन् ।