काठमाडौँ – विराटनगर टाइटान्स पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल प्रवेश गरेको छ । विराटनगरले बिहीबार बुटवल ब्लास्टर्सलाई पराजित २१ रनले पराजित गरेको हो ।


ADVERTISEMENT


विराटनगरले फाइनलमा अब पारस खड्काको कप्तानीमा रहेको बलियो चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ । पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले पाँच विकेट गुमाउँदै १६५ रन बनायो । १६६ रनको चुनौति पच्छ्याउँदै मैदान प्रवेश गरेको बुटवल २० ओभरमा १४४ रन बनाउँदै सबै विकेट गुमायो ।


ADVERTISEMENT

# # #


बुटवलका लागि अफ्ताबुद्धिन अहमेदसँग मिलेर ५३ रनको उत्कृष्ट साझेदारी गरेका थिए । शाहब आलमको बलमा आउट हुनुअघि उनले २२ बलमा नै ४३ रनको आक्रमक इनिङ खेले । त्यसक्रममा उनले ६ चौका र २ छक्का प्रहार गरे । यस्तै भीम सार्कीले ३४ बलमा ४४ रनको योगदान दिए । किशोर महतोको बलमा पुनित मेहराको हातबाट क्याच आउट हुनुअघि उनले ३ चौका र २ छक्का प्रहार गरे ।

यस्तै पुरन विकले १५ र शिभम् सिंहले १४ रन बनाए । अन्यले दोहोरो अंक छ्न सकेनन् । विराटनरका लागि शाहब आलम र पुनित मेहराले समान ३-३ विकेट चट्काए । मोहम्मद जियाद आलम, जितेन्द्र मुखिया र किशोर महताले समान १-१ विकेट लिए ।

यसअघि विराटनगरका लागि सुनिल धमला र कप्तान प्रदीप ऐरीले उत्कृष्ट पारी खेले । प्रतियोगिताको पहिलो अर्धशतक प्रहार गरेका सुनिलले ५४ बलमा ६ चौका र २ छक्काको मदतमा ६१ रन जोडे ।

यस्तै पाचौँ नम्बरमा आएका प्रदीपले आक्रमक ब्याटिङ गरे । उनले मात्र १३ बलमा नटआउट ३३ रन बनाउँदा १ चौका र ४ छक्का ठोके । यस्तै लोकश बम र पुनित मेहराले समान १९ रन जोडे । मोहम्मद जियाद आलमले २० रन बनाए ।

बुटवलका लागि हर्ष टोंकले दुई विकेट लिए भने ललित सिंह भण्डारी र अभिनास बोहराका नाममा समान १-१ विकेट रह्यो ।

फाइनल खेल शनिबार नेपाली समय अनुसार दिउँसो ११ः३० बजे हुनेछ ।