काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।


ADVERTISEMENT


बागलुङमा शुक्रबारदेखि सुरुभएको बागलुङ महोत्सवलाई सम्बोधन गर्दै ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्ने निर्णय गरेका हुन् । ‘साथीहरुले महासंघको नेतृत्वमा आउन गर्नुभएको प्रस्ताव मलाई स्वीकार्य छ’ उनले भने ।


ADVERTISEMENT

# # #


उनले उद्योगी व्यवसायीहरुको आशा र भरोसाको सम्वाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘तपाईंहरुको मनोबल सधैँ उँचो बनाउने काममा लाग्नेछु र तपाईंहरुको सुख दुःखमा साथमा रहने प्रण गर्दछु ।’

उनले नेपाल सरकारको सम्मृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न तथा सरकारले अघि सार्ने देश विकासका हरेक कार्यक्रममा सघाउन र सामाजिक न्याय सहितको तीव्र आर्थिक विकास र सुशासन सहितको जनउत्तरदायी राज्य व्यवस्थामा सघाउन निजी क्षेत्रको अहम भूमिका रहने र यसका लागि आफूले पैरवी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष हुन् । उनी नेपाल मलेसिया चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष समेत थिए ।

समाज सेवाका विविध क्षेत्रमा संलग्न ढकाल लगानी बोर्डका आमन्त्रित सदस्य हुन् । उनी हाल नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत पनि रहेका छन् ।