जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई बचाउन कांग्रेसभित्र एकता अपरिहार्य भएको बताएका छन् ।


ADVERTISEMENT


स्थानीय नेता बलराम नायकको १३ औं पुण्यतिथिमा धनुषाको सबैलामा शनिबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले सरकार संघीयतालाई बर्बाद गर्ने उन्मुख रहेको बताए । ‘संघीयतालाई बचाउन कांग्रेसका सबै शक्तिलाई एकजुट हुनु आवश्यक छ । पार्टीभित्र एकताको विकल्प छैन ।’


ADVERTISEMENT

# # #


मुलुक संकटमा परेको बेला पार्टीलाई आन्तरिक कलहमा फस्न नदिने दायित्व सबैको भएको उनले बताए ।