काठमाडौँ – मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल पक्राउ परेका छन्।


ADVERTISEMENT


सीमासम्बन्धी विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेका गजुरेलसहित क्रान्तिकारी माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार गजुरेललाई हनुमानथानस्थित निषेधित क्षेत्र तोड्ने क्रममा पक्राउ गरिएको हो। गजुरेलसँगै पक्राउ परेका उक्त पार्टी अन्य नेता कार्यकर्तालाई नेपाल पुलिस क्लबमा राखिएको छ।

सीमा मिचिएकोलगायत विषयलाई लिएर आन्दोलन गर्ने क्रममा गजुरेललगायतको समूहले प्रहरीमाथि पनि ढुंगामुढा गरेको छ।

ढुंगामुढा गर्दा एक जना प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक सामान्य घाइते भएको सुवेदीले बताए।