विश्वमा सुन्दै अचम्म लाग्ने नयाँ किसिमको कण्डमले बजारमा आफ्नो प्रभुत्व जमाइरहेको छ, त्यो हो शाकाहारी कण्डम । कण्डमलाई शाकाहारी र मांसाहारी भनेर विभाजन् सन् २०१३देखि सुरु भएको हो ।


ADVERTISEMENT


त्योभन्दा पहिलेसम्म हरेक कण्डमहरु भेँडाको आन्द्रा आदिबाट बनाउने गरिन्थ्यो । तर, सन् २०१३ देखि त्यसरी जनावरको अंगहरुको प्रयोग विना नै कण्डमको प्रयोग गर्न थालियो । सोही समयदेखि नै शाकाहारी र मांसाहारी कण्डमको अवधारणा आउन थाल्यो । अहिले यही शाकाहारी कण्डमको प्रयोग बढी हुने गरेको छ ।


ADVERTISEMENT

# # #


सन् २०१५ मा फिलिप सिफर र वाल्डेमार जेइलर नयाँ व्यवसायको लागि क्राउड फन्डिङ गर्दै थिए । उनीहरु यस्तो व्यवसायको खोजीमा थिए, जुन सिंगो दुनियाँको लागि अचम्मको विषय थियो । सिफर भन्छिन्, ‘हाम्रो व्यवसाय नै अचम्मको थियो, शाकाहारी कण्डमको । पैसा दिने दाताहरूले समेत कैयौं पटक हामीलाई यस्तै प्रश्न सोध्ने गर्थे, कन्डम पनि शाकाहारी हुन्छ र ?’

सिफर र जेइलरले यो पनि बुझेनन कि जनावरको प्रोटिनयुक्त कन्डम रबरलाई नरम बनाउनको लागि प्रयोग गरिन्छ । दुबै बर्लिनका उद्यमीहरू वातावरणप्रति सचेत ग्राहकहरू मार्फत् विश्वभरी नै ८ अर्ब डलरको शाकाहारी कण्डमको बजार विकास गराउने तयारीमा थिए । उनीहरुले व्यवसायको लागि एउटा अध्ययन गरेका थिए । त्यसबाट उनीहरु पनि आश्चर्यचकित भए कि त्यस्ता व्यक्तिहरूको संख्या धेरै ठूलो छ । जसले ४ वर्षसम्म शाकाहारी उत्पादनहरुको बजार मूल्यमा भारी बृद्धि भएको थियो । सोही अध्ययनले उनीहरुलाई शाकाहारी कण्डम तर्फ ध्यानाकषिर्त गराउन पुग्यो ।

उनको एउटा कम्पनी छ, जसको नाम आइन्हर्न हो । जसको अर्थ जर्मनमा युनिहर्न हुन्छ । यो शब्द एक अर्ब डलरको कारोबार गर्ने स्टार्ट अप कम्पनीहरूलाई चिनाउन प्रयोग गरिन्छ । सिफर र जेइलरको कम्पनी अझैसम्म पनि त्यस बिन्दुमा पुगेको छैन । तर, तिनीहरू केन्ऽमा दिगो रुपमा आफ्नो व्यापार टिकाउन सफल भएका छन् । यसले व्यापार समूहको लागि सम्भावनाहरूको नयाँ ढोका खोलेको छ ।

जर्मनीमा गर्भनिरोधको लागि गोली खानेपछि सबैभन्दा धेरै लोकप्रिय कण्डमको प्रयोग गर्नु हो । तर, उनको प्रेमिकासँग किनमेल गर्दा सिफरलाई आफूले प्रयोग गर्दै आएको कण्डम पुरानो लाग्दै आएको थियो । उनीहरूले महसुस गरे कि आजका उपभोक्ताहरूले आफूले जस्तै नयाँ वातावरण अनुकूल र वैकल्पिक उत्पादनलाई रुचाउने गरेका छन् । सुरुमा त जेइलरले आफ्नै विचारलाई आफैंले खारेज गरिदिए । तर, पछि उनले इकमर्सको लागि यो पनि एउटा उपयुक्त विकल्प हुनसक्ने लाग्यो र त्यसैलाई अँगाल्ने निर्णय गरे ।

उनीहरु एउटा यस्तो बस्तुको कारोबार गर्न चाहन्थे । जुन केवल पृथ्वीको लागि मात्रै नभएर सिंगो कम्पनीका कर्मचारीहरुलाई समेत उपयोगी बनोस् । उनी १० वर्षदेखि स्टार्टअप कम्पनीमा काम गर्दै थिए भने उनी आफ्नो सपना साकार बनाउन चाहन्थे । सिफर भन्छिन्, “यदि बाल्यकालमा मलाई कसैले के भन्न चाहन्छेस् रु भनेका थिए भने मैले करोडपति भन्ने गरेको थिएँ ।’ १० वर्षको उद्यमपछि उनीहरु करोडपति बन्दै थिए । तर, पनि उनीहरुमा त्यसको कुनै हर्ष थिएन ।
उनीहरुले सुरुमा व्यापार गर्नको लागि एक लाख युरोको लागि क्राउड फण्डिङको साहारा लिएका थिए । उनीहरु सो व्यवसायलाई यस्तो बनाउन चाहन्थे कि जसलाई सहजै बेच्न सकियोस् र अनलाईनमा पठाएको समान फिर्ता ल्याउनु नपरोस् । त्यो त्यही समय थियो जतिबेला शाकाहारवाद आइन्हार्न प्रोडक्ट प्लानिङको हिस्सा बनेको थियो ।

“कन्डमहरू हाम्रो लागि सही उत्पादन थियो । सुरुमा हामीले सोचेका पनि थिएनौं कि कण्डमहरु शाकाहारी नै बन्नेछन् कि बन्दैनन् । भेँडाहरूको आन्द्राबाट कन्डम बनाउने दिन बितिसकेको छ । त्यतिबेलासम्म त्यहाँ भेँडाहरको आन्द्राबाट कण्डम बनाउने गरिन्थ्यो । तर, त्यो विधिलाई मानिसहरुले बिस्तारै मनपराउन छाडिसकेका थिए । तरपनि बजारमा त्यसको विकल्प थिएन र प्रयोग भइरहेको थियो । कण्डमको लागि सबैभन्दा धेरै आवश्यक तत्व भनेको रबर हो । जुन एशियाको उष्णकटिबन्धीय क्षेत्रहरूमा हुने रबरको रूखहरूबाट निकाल्ने गरिन्छ । जसमा क्यासिन प्रोटिनको प्रयोग हुन्छ । केसिन प्रोटिन जब स्तनधारी जनावरको दूधमा मिलाइन्छ । त्यसले कण्डमको रबरलाई नरम बनाउने गर्छ ।

तर, आइन्हर्नले केसिन प्रोटिनको प्रयोग गर्ने गरेको थिएन । कम्पनीले रबरलाई मुलायम बनाउनको लागि प्राकृतिक रुपमा नै विभिन्न किसिमका रुखहरुमा पाइने चिल्लो पदार्थको प्रयोग गरेको थियो । उनीहरुको विचारमा रबर वातावरण अनुकूल छ । तर, आइन्हर्न शाकाहारी कन्डम बनाउने पहिलो कम्पनी होइन । उत्तर अमेरिकी ब्रान्ड ग्लाइड २०१३ मा नै यसको पहिलोपटक उत्पादन गरिसकेको थियो ।

त्यसपछि नै कन्डम बजारमा त्यहाँ धेरै विकल्पहरू खडा भए । यो अनुमान गरिएको छ कि २०२६ सम्ममा यसको बजार १५ अरब डलरमा सम्म पुग्नेछ । शाकाहारी कन्डम बजारमा अझै नयाँ छ । धेरै जसो आइन्हर्नका ग्राहकहरु २० देखि ४० वर्ष बीचका छन् । यस्तो कण्डम खरिदको अवस्थालाई हेर्दा ६० प्रतिशत महिलाहरुले खरिद गर्छन् । ‘धेरै मानिसहरूलाई अझै पनि कन्डम जस्ता चीजहरू किन्न लाज मान्ने गर्छन् । किनिसकेपछि पनि त्यसलाई अर्को सामानको भित्र राखेर लैजाने गरिन्छ’ सिफर भन्छिन् ‘त्यसकारण हामी ग्राहकहरुमा दिगो उत्पादन ल्याउन चाहन्छौं कि सोही ठाउँमा रमाईलो डिजाइनका साथ उनीहरूको हिचकिचाहट पनि समाप्त गर्ने उत्पादन हरेकको घरघरमा पुर्याउन सकियोस् ।

– बीबीसी हिन्दी