काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले एक हप्तामै ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैँकले गएको हप्ता प्रदेश नं. ३ अन्तर्गत काठमाडौं जिल्लाको चपली, कुलेश्वर, बालाजु र बौद्घ साथै प्रदेश नं. ५ अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाउंपालिका स्थित गरगरे र सियारी गाउंपालिकाको पडसरीमा गरी कुल ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT

# # #


बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई समय सापेक्ष अझै उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा ११४ वटा शाखा तथा ६० वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।