एजेन्सी – अहिले लगभग प्रत्येक व्यक्तिसंग हातमा स्मार्टफोन र इन्टनेटको पहुँचले विश्वलाई नै एक गाउँमा परिणत गरिदिएको छ । दुनियाँको कुनैपनि कुनामा भएको घटना छिनभरमै पढ्न, सुन्न र हेर्न सकिने अवस्था सिर्जना भएको छ । अर्थात प्रविधिले दुनियाँलाई एउटा ‘एप्लिकेसन’मा समेटिदिएको छ ।


ADVERTISEMENT


विश्वमै फेसबुकलाई सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जाल साइटका रुपमा चिनिन्छ । तथ्याङ्कले पनि पछिल्लो दशकमा मोबाई एप दुनियाँमा फेसबुककै वर्चश्व रह्यो । यो अवधिमा फेसबुक ४ अर्ब ६० करोड मोबाइलमा फेसबुक पुगेको छ । यस्तै म्यासेन्जर यो आँकडामा दोस्रो नम्बरमा छ । यद्दपी यो वर्ष भने डाउलोडमा फेसबुकको एकाधिकारलाई टिकटकले कडा चुनौति दिँदै पहिलो स्थानमा उक्लिएको छ । मोबाई मार्केटिङ डाटा कम्पनी एपएनीद्वारा जारी ‘र्‍यांकिङ’का अनुसार डाउनलोडका हिसाबले टिकटकले फड्को मारेसँगै फेसबुक दोस्रो स्थानमा झरेको छ ।


ADVERTISEMENT

# # #


यस्तै तेस्रो स्थानमा फेसबुककै मालिकको स्वामित्व रहेको ह्वाट्सएप रहेको छ । ह्वाट्सएपलाई फेसबुकले २०१४ मा १९०० हजारेड अमेरिकी डलरमा खरीद गरेको थियो । एपएनीले २०१०देखि २०१९ सम्म डाउलोड भएका एप्सको डाटा विश्लेषापछि यो र्‍यांकिङ सार्वजनिक गरेको हो । रिपोर्टका अनुसार २०१९ मा फेसबुक डाउनलोड गर्नेको संख्या ११ प्रतिशत घटेको छ भने यसको स्थान टिकटकले लिएको छ । अत्याधिक डाउनलोड गरिएका १० एप्समध्ये सामाजिक सञ्जाल वा कम्युनिकेसन्स सातवटा रहेका छन् ।

तग्थ्याङ्क हेर्नुहोस् :