काठमाडौँ –आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले तीन लाख धरौटीमा रिहा गर्नआदेश दिएको छ ।


ADVERTISEMENT


अनुयायीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सुनसरी बराहक्षेत्र नगपालिका २ चतराधाम आश्रममा बस्दै आएका गिरीको मुद्दामा आइतबारदेखि भएको थुनछेक बहस आज सकिएपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।


ADVERTISEMENT

# # #


जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्र केशरी पोखरेलले गिरीसँग ३ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश भएको जानकारी दिए ।

थुनछेक बहस जारी भइरहँदा जिल्ला अदालत अगाडि गिरीका पक्ष र विपक्षले नारावाजी गरेका थिए । गिरीका समर्थकले भजन किर्तन गर्दै व्यानर बोकेर प्रदर्शन गरेका थिए । उनको विपक्षमा कारबाही हुनुपर्ने माग राख्दै महिला अधिकारकर्मीहरुले नारा जुलुस गरेका थिए ।

भिड बढेपछि प्रशासनले अदालत आसपास निषेधाज्ञा जारी गरेको थियो । उनी विरूद्ध बलात्कारको जाहेरी परेपछि मंसिर १६ गते अस्पतालको आइसियूबाटै पक्राउ परे। प्रहरीले अनुसन्धान पनि उनलाई अस्पताल राखेरै गरेको थियो।