कास्की – नेपाली बजारमा टिभिएस टिभिएस म्याक्स सेमी ट्रेल १२५ सिसि मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ । नेपालको लागि टिभिएस मोटरसाइकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि ले उक्त मोटरसाइकल भित्रिएको हो ।


ADVERTISEMENT


शनिबार कम्पनीका उपाध्यक्ष दीपक अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काद्वारा संयुक्त रुपमा टिभिएस म्याक्सलाई सार्वजनिक गरेका हुन् । नेपालको अवस्थालाई मध्यनजर राखेर जगदम्बा मोटर्स प्रा.लि.ले टिभिएस १२५ सिसिको म्याक्स मोटरसाइकल उपलब्ध गराएको जनाएको छ ।


ADVERTISEMENT

# # #


मोटरसाइकल सार्वजनिक गर्दै चितवन राइनोजका कप्तान पारस खड्काले टिभिएसका मोटरसाइकलहरु नेपालको परिप्रेक्ष्यमा अत्यन्त सान्दर्भिक भएको बताए।

के छन् विशेषता ?

मोटरसाइकलमा अफ रोड टायर, हाई ग्राउण्ड क्लेरेन्स्, बाक्बोन च्यासिस, सिरीज स्पिङ्ग टेक्नोलोजी रहेको छ । जसले जस्तो अवस्थाको सडकमा पनि चलाउन सहयोग पुग्छ र चालकलाई ढाड दुख्ने समस्या उत्पन्न हुन दिँदैन ।

टिभिएस म्याक्स सेमी ट्रेलको निर्माण अत्याधिक पावर दिने गरी, सबैभन्दा बढी सुविधा मिल्ने गरी र अत्याधिक माइलेज प्रदान गर्ने गरी गरिएको कम्पनीको दाबी छ । यसले गर्दा मोटरसाइकल अहिलेसम्म बजारमा उपलब्ध अन्य मोटरसाइकलहरुको तुलनामा अत्यन्तशक्ति शाली, लागत बचत, अधिक मजबुत लगायत अन्य थप विशेषताहरुले भरपूर छ ।

साथसाथै यसमा १२५ सिसिको इको सफ्ट इन्जिन जडान गरिएको छ भनें यसको इन्धन ट्याँकीमा १४.५ लिटर भर्न सकिन्छ । जसको कारणले अत्याधिक माइलेजका साथ पर्याप्त सवार गर्न सकिन्छ ।

देशभर रहेका टिभिएस शो रुमहरुमा उपलब्ध गराइएको टिभिएस म्याक्स सेमी ट्रेलको बजार मूल्य २ लाख ३९ हजार ९०० कायम गरिएको कम्पनीले जनाएको छ ।