काठमाडौँ – नेपाल पत्रकार महासङ्घले समाचारको विषयलाई लिएर नयाँ पत्रिका दैनिक र नेपाल टेलिभिजन हुम्लाका समाचारदाता नरजङ्ग तामाङमाथि हातपात र दुव्र्यवहार भएको भन्दै उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।


ADVERTISEMENT


हुम्लाको खार्पुनाथ गाउँपालिका कार्यालय नजिक रहेको प्रभु बैंकका कर्मचारी रामजङ्ग शाही र स्थानीय जगदीश हमालले समाचारको विषयलाई लिएर हातपात र दुव्र्यवहार गरेको महासङ्घले जनाएको छ । महासङ्घको कर्णाली प्रदेश समितिका अनुसार यही पुस ११ गते समाचार सङ्कलन गरेर फर्कने क्रममा पत्रकार तामाङलाई शाही र हमालले हातपात र दुव्र्यवहार गरेका थिए ।


ADVERTISEMENT

# # #


स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि कार्यस्थलमा हातपात तथा दुव्र्यवहार हुनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासङ्घको ठहर छ । महासङ्घका महासचिव रमेश विष्टले आज एक विज्ञप्तिमार्फत प्रेस विरोधीको भत्र्सना गर्दै घटनामा संलग्न व्यक्तिमाथि कानूनी कारवाहीको माग गरेका छन् ।