काठमाडौँ – माछापुच्छ्रे बैंकले अंग्रेजी नयाँ वर्ष २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरि डेबिट तथा क्रेडिट कार्डमा ५०० रुपैयाँ सम्मको क्यासव्याक अफर ल्याएको छ ।


ADVERTISEMENT


बैंकले नेपाल भित्र बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि विभिन्न बस्तु तथा सेवा खरिद गर्दा  ५०० रुपैयाँ क्यास व्याक दिने योजना सार्वजनिक गरेको हो । उक्त योेजना अनुसार ग्राहकले माछापुच्छ्र् बैंकको कार्ड प्रयोग गरि पिओएस मेसिनमा कम्तीमा ५०० रुपैयाँ बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार गरेपछि  ५०० रुपैयाँ फिर्ता पाउनेछन् ।


ADVERTISEMENT

# # #


त्यस्तै गरी विभिन्न इकमर्स साईटहरु जस्तै दराज, सस्तो डिल, रिचार्जर, ईसेवा पसल लगायतका अनलाईन सपिङ्ग साईटहरुबाट सामान खरिद गर्दा कम्तीमा ५०० रुपैयाँ बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार कार्डबाट भुक्तानी गरि, प्रत्येक महिना  ५०० रुपैयाँ क्यास व्याक सुविधा प्राप्त गर्न सकिने छ । माछापुच्छ्रे बैंकले भिषाको सहकार्यमा २०२० जनवरी र फेब्रवरी महिनाको लागि उक्त अफर संचालनमा ल्याएको हो ।

बैँकले देशभर १४५ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जाल तथा १७८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस मार्फत बाट ग्राहकलाई बैकिङ्ग सेवन प्रदान गर्दै आएको छ ।