काठमाडौं – प्रहरीले लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरेको छ । मंगलबार राति काठमाडौं महानगरपालिका(१ हात्तिसारस्थित फोकस डान्सबारमा भारतीय नागरिक सहित सात जनाको पैसा लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका हुन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा सोही डान्सबारमा काम गर्ने ललितपुर भैंसेपाटी डेरा गरी बस्ने नुवाकोट त्रिशुली घर भएका २४ वर्षीय सनिगरु आचार्य, गोरखा घर भएका १९ वर्षीय सनिल मग्रराती, गोरखा घर भएका ३१ वर्षीय शिव थापा र मोरङ घर भएका १९ वर्षीय अभिषेक राई रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार उनीहरुले फोकस डान्सबारमा भारत उत्तर खण्ड घर भएका गणेश सिंह बगडवाल लगायत ७ जनाको साथमा भएको ९० हजार भारतीय रुपैयाँ लुटपाट गरेकाथिए ।

महानगरीय प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । साथै उक्त डान्सबारको काउन्टरबाट १ लाख ५८ हजार ८ सय ३० भारतीय रुपैयाँ र २६ हजार ९ सय २० नेपाली रुपैयाँ समेत प्रहरीले अनुसन्धानका लागि बरामद गरेको छ ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।