एजेन्सी – इरानमा बिहीबार ५ दशमवल ८ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको उत्तर पूर्वी क्षेत्रमा पर्ने खोरासन राजाभी प्रान्तमा भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।


ADVERTISEMENT


इरानी भूगर्भ विभागका अधिकारीहरुले दिएको जानकारीअनुसार साङगान सहरमा केन्द्रबिन्दु भएर भूकम्प आएको हो । भूकम्पका कारण मानवीय र सपत्ति क्षतिको कुनै विवरण आइनसकेको अधिकारीहरुले जनाएका छन् ।


ADVERTISEMENT

# # #