काठमाडौं – बाजुराको हिमाली गाउँपालिका वडा नं. ७ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । हिमाली गाउँपालिको केन्द्र धुलाचौरबाट कोल्टी जाँदै गरेको जीप कालापहडा भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


ADVERTISEMENT


सडकबाट जीप कर्णाली नदीमा खसेपछि ४ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । से १ ज १०६४ नम्बरको जीप  सडकबाट करिब २ सय मिटर तल रहेको कर्णाली नदीमा खसेको थियो ।


ADVERTISEMENT

# # #


बेपत्ताको खोजी भइरहेको छ भने चार जना घाइतेको  प्राथमिक उपचार केन्द्र कोल्टीमा उपचार भइरहेको छ ।