सन् २०१९ मा हवाई दुर्घटनामा मृत्यु हुनेको संख्या ५० प्रतिशतले घटेको छ । ठूला व्यवसायीक विमान दुर्घटनामा परी गत बर्ष २ सय ५७ जनाको मृत्यु भयो जुन सन् २०१८ को भन्दा २ सय ७७ ले कम हो । सो बर्ष विश्वभर ८ ठूला गरी ८६ वटा हवाई दुर्घटना भएको नागरिक उड्डयनसम्बन्धी अध्ययनले देखाएको छ ।


ADVERTISEMENT


इथियोपियामा गत मार्चमा १ सय ५७ जनाको ज्यान जाने गरी भएको बोइङ विमान दुर्घटना, बर्षकै सबैभन्दा ठूलो थियो । गत बर्ष हवाई उड्डयनको इतिहासमै सुरक्षित बर्ष मध्येको एक रहेको उड्डयन सुरक्षा सञ्जालले जनाएको छ । हवाई यातायात सेवाको प्रयोगमा तीब्र वृद्धि भएपनि दुर्घटनामा कमी आउनु सो क्षेत्रका लागि सकारात्मक भएको बीबीसीले उल्लेख गरेको छ ।


ADVERTISEMENT

# # #