यदि तपाईं अस्पतालमा भर्ना हुनुहुन्छ भने तपाईंलाई कुनै चोट लागेको हुनसक्ने वा बिरामी भएको हुनसक्ने संकेत दिन्छ । यस्तो अवस्थामा तपाईंलाई भेट्न आउने कोही पनि व्यक्तिले तपाईंलाई उत्कृष्ट देख्ने आशा राखेका हुँदैनन् । यद्यपि, भियतनामकी एक युवतीले भने अस्पतालमा भर्ना हुँदा पनि प्रेमीले  उनलाई मेकअप बिना नदेखुन् भनेर हतारहतार मेकअप गरेकी छिन् ।


ADVERTISEMENT


चाइना प्रेसका अनुसार वाङ्गमेइ अस्पतालमा प्रेमी भेट्न आउने खबर सुनेर यति उत्साहित भइन् कि उनले फेसबुकमा निकै खुसी हुँदै क्याप्सन लेखिन्, ‘मेरा प्रेमी मलाई भेट्न आउँदैछन् !’


ADVERTISEMENT

# # #


प्रेमीले आफूलाई कमजोर नदेखोस् भन्ने उद्देश्यले उनले तत्काल बेस मेकअप, आइब्रो, ब्लसर, आई स्याडो, आई लाइनर लगाइन् साथै झुम्कासहित नङमा पालिससमेत लगाइन् ।

रेस्पिरेटर राखिएको उनको अनुहारमा मेकअप निकै उत्कृष्ट देखिएको थियो तर यस्तो अवस्थामा पनि हेभी मेकअप गरेको भन्दै धेरैले उनको आलोचना गरे । उनले आफू सुन्दर छु भनेर देखाउन यतिसम्म पनि गर्न नपर्ने धेरैले बताएका छन् । उनको झुम्कामाथि पनि धेरैले प्रतिक्रिया दिँदै मानिसहरुले उनलाई बिरामीजस्तो नदेखिएको बताएका छन् ।

कतिले भने प्रेमीले चिन्ता लिने हुन् कि भनेर वाङ्मेयीले यस्तो गरेको हुनसक्ने बताउँदै उनको समर्थन पनि गरेका छन् ।