रुपन्देही । कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले आन्तरिक विवादका कारण पार्टी कमजोर भएको बताएकी छन् । प्रेस युनियन रुपन्देहीले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा नेतृ कोइरालाले विवाद यथावत रहे आगामी निर्वाचनमा कांग्रेस शून्य हुने बताइन् ।


ADVERTISEMENT


‘आन्तरिक विवादकै कारण पार्टी कमजोर बनेको छ। विवाद नमिले आउने चुनावमा कांग्रेस शून्य हुन्छ’, कोइरालाले भनिन्।


ADVERTISEMENT

# # #


सभापति देउवाको पदलोलुपताका कारण पार्टी कमजोर बनेको नेतृ कोइरालाको आरोप छ। व्यक्तिभन्दा संस्थाकेन्द्रित काम गर्नु पर्नेमा त्यसो हुन नसकेको उनको गुनासो छ ।

पार्टीमा गुट र किचलो भइरहे कांग्रेसलाई मत दिँदा कार्यकर्ता र आम नागरिकको हात काप्ने स्थिति आउन सक्नेतर्फ ध्यान दिनुपर्ने उनले बताइन्।

पार्टीभित्रको विवाद तत्काल अन्त्य गरी संगठन निर्माणतर्फ लाग्नु पर्ने कोइरालाले जोड छ ।

कोइरालाले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुने बताएकी छन् ।