एजेन्सी – इराकको राजधानी बग्दाद विमानस्थल नजिक अमेरिकी हवाई आक्रमणमा इरानी मेजर जनरल कासिम सुलेमा मारिएपछि इरान आक्रमक बनेको छ । हवाई हमलामा आफ्ना कमान्डर मारिएपछि इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकालाई बदला लिने चेतावनी दिएका छन् ।


ADVERTISEMENT


‘जनरल कासिम सुलेमानीले उग्रवादविरुद्ध जुन झण्डा उठाएका थिए, त्यसलाई अझ बुलन्द पारिनेछ ।’ ईरानी राष्ट्रपति हसन रुहानीले ट्वीटरमा लेखेका छन् ‘अमेरिकाले जुन ज्यादती गरिरहेको छ, त्यसको अवश्य बदला लिनेछौँ ।’


ADVERTISEMENT

# # #


इराक छाड्न अमेरिकी नागरिकलाई राजदूतावासको आग्रह

इराकको बग्दादस्थित अमेरिकी राजदूतावासले पनि आफ्ना नागरिकलाई इराक छाड्न अनुरोध गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै अमेरिकी दूतावासले आफ्ना सबै नागरिकलाई अमेरिका फर्किन अनुरोध गरेको छ ।

अमेरिकी दूतावासले विशेष गरी अमेरिकी नागरिकलाई तीन कुरामा ध्यान दिन सल्लाह दिएको छ । जसमा इराकबाट निक्लिनु पर्ने वा इराक भ्रमण गर्न नहुने, अमेरिकी राजदूतावास नजिक जान नहुने र सानो सानो समाचारबारे पनि चनाखो हुने रहेका छन् ।